आन्तरिक उडानमा कडाइ, एयरपोर्ट प्रवेश गर्दा यात्रुले खोप कार्ड देखाउनुपर्ने

काठमाडौँ — पछिल्ला दिनमा कोरोना भाइरस संक्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक संघ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ । 

आन्तरिक उडानमा कडाइ, एयरपोर्ट प्रवेश गर्दा यात्रुले खोप कार्ड देखाउनुपर्ने

संघले बुधबार सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र व्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरेको छ ।

संघको बुधबार बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि उक्त निर्णय गर्दै सूचना सार्वजनिक गरेको हो ।



प्रकाशित : माघ ५, २०७८ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?