संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तता कल्पना गरेको छैन : महामन्त्री थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधानमा स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन् । 

संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तता कल्पना गरेको छैन : महामन्त्री थापा

बिहीबार ट्विटरमार्फत महामन्त्री थापाले आफूहरूले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नगरेको भन्दै निर्वाचनबारे कुनै निर्णय गर्दा स्थानीय तह रिक्त भएमा त्यो असंवैधानिक हुने बताएका हुन् ।

‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन । अत: निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ‚’ उनले लेखेका छन् ।

यो सरकार असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेकाले सरकारले गर्ने हरेक निर्णय संविधानको कसीमा सही हुनुपर्ने बताएका छन् ।

सत्तारुढ गठबन्धनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको निर्वाचन वैशाख र स्थानीय तहको निर्वाचन कात्तिकमा गर्ने प्रस्ताव गरेका थिए ।

स्थानीय तहको निर्वाचन वैशाखमा सकेर जेठ पहिलो साता नवनिर्वाचित पदाधिकारीले पदभार गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।

प्रकाशित : माघ ६, २०७८ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?