कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मस्जिद रहेको जग्गा सरकारको नाममा ल्याउन माग

काठमाडौँ — काठमाडौंको सुन्धारास्थित मुस्लिम समुदायको मदनी मस्जिद रहेको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भन्दै मुस्लिम समुदायका अगुवाहरुले सरकारको नाममा ल्याउन माग गरेका छन् ।

मुस्लिम आयोग, विभिन्न राजनीतिक दलका मुस्लिम समुदायसँग सम्बन्धित भ्रातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठलाई भेटेर सुन्धाराको मदनी मस्जिद रहेको जग्गा सरकारको नाममा ल्याउन माग गरेका हुन् । सरकारी जग्गा मुस्लिम समुदायले लामो समयदेखि भोगचलन गर्दै आए पनि पछिल्लो समय भुमाफियाहरुले व्यक्तिको नाममा पारी हडपेको सरोकारवालाले बताएका छन् ।

मन्त्री श्रेष्ठलाई सो जग्गा मस्जिद कायम रहने गरी सरकारको नाममा ल्याउन अनुरोध गरिएको र उनले सो जग्गा सरकारको नाममा फिर्ता आउने तथा मस्जिद कायम रहने आश्वासन दिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए ।

प्रकाशित : माघ ६, २०७८ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?