१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कोरोना संक्रमणका कारण माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को माघ ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको छ ।

कोरोना संक्रमणका कारण माओवादीको केन्द्रीय समिति बैठक स्थगित

कोरोनना संक्रमण तीव्र बन्दै गइरहेका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझावअनुसार बैठक स्थगित गरिएको माओवादीले जनाएको छ ।

८औं महाधिवेशनपछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाललाई अध्यक्ष नियुक्त गरेको थियो । त्यसपछि भने कोरोनाका कारण बैठक बस्न सकेको छैन।

माओवादीले निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुको बैठक स्वास्थ्य मापदण्ड पालना गरफ यही माघ ८ गते ८:३० बजे बिहान पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाएको छ ।

प्रकाशित : माघ ७, २०७८ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?