कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

काठमाडौँ — सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड खुलेको छ ।

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ कालिखोला टोपोखोला पुल नजिक खसेको सुख्खा पहिरोले अवरुद्ध भएको सडक खण्ड दिउँसो ११:१५ बजेबाट दुईतर्फी रूपमै खुलेकाे चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले सडकमा खसेकाे पहिराे पूरै सफा गर्न अझै केही समय लाग्ने भए पनि दुईतर्फी रूपमा नै गाडी चल्न सक्ने गरी सफा गर्ने काम भइरहेकाे जानकारी दिए ।

शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्ग हो । यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउने काम सम्प्न्न भएको छ । सडक विस्तारका लागि ठाउँ ठाउँमा पहाड खन्नु परेको थियो ।

पहाड काटेको ठाउँमा बर्खायाममा पहिरोले निरञ्तर दु:ख दिदै आएको छ । बेलाबेलामा यसरी सुख्खा पहिरो खसेर पनि थप हैरानी हुन्छ । यो सडकखण्ड हुँदै दिनहुँ १० हजारभन्दा बढी साना–ठूला गाडी ओहोरदोहोर गर्दछन् ।

प्रकाशित : माघ ७, २०७८ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?