कांग्रेसको १६ जिल्लाको निर्वाचन स्थगित

काठमाडौँ — नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तोकिएको मितिमा नहुने भएको छ ।

कांग्रेसको १६ जिल्लाको निर्वाचन स्थगित

बिहीबार बसेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यहि माघ १५ गते गर्ने भनिएको जिल्ला कार्यसमितिको निर्वाचन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरी कोरोना संक्रमणदर दिन प्रतिदिन बढ्न थालेपछि आम जनजीवनसमेत प्रत्यक्ष प्रभावित हुने भएकाले नागरिकको स्वास्थ्य सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै निर्वाचन स्थगित गरिएको जनाएको छ ।

मौसम प्रतिकूलता‚ आन्तरिक समस्यालगायतका कारण सप्तरी‚ सिरहा‚ धनुषा‚ महोत्तरी‚ सर्लाही‚ रौतहट‚ बारा‚ पर्सा‚ सिन्धुली‚ मकवानपुर‚ सिन्धुपाल्चोक‚ चितवन‚ नवलपुर‚ बाँके‚ कैलाली र अछामसहित १६ जिल्लाको कार्यसमिति निर्वाचन हुन सकेको थिएन ।

प्रकाशित : माघ ७, २०७८ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?