कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

२३ हजार ९२ परीक्षणमा १० हजार ७०३ मा कोरोना पुष्टि, ७६६ जना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २३ हजार ९२ परीक्षणमा १० हजार ७०३ मा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्‍न प्रयोगशालामा गरिएको १८ हजार ६१८ परीक्षणमा ८ हजार ८१५ र ४ हजार ४७४ परीक्षणमा १ हजार ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।    

२३ हजार ९२ परीक्षणमा १० हजार ७०३ मा कोरोना पुष्टि, ७६६ जना संक्रमणमुक्त

२४ घण्टामा ७६६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १९ हजार ५७५ जना डिस्चार्ज भएका छन् ।

२४ घण्टाको अवधिमा कोभिडबाट ३ जनाको ज्यान गएको छ । कोरोनाबाट हालसम्म ११ हजार ६३५ पुगेको छ । सक्रिय संक्रमित संख्या ६५ हजार ३७४ जना छन् ।

२४ घण्टामा ३ लाख ७ हजार ४०१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : माघ ७, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?