१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनले कानुन विज्ञसँग छलफल गर्ने

काठमाडौँ — स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनले कानुन विज्ञसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तह निर्वाचनबारे देखिएको कानुनी अस्पष्टताबारे संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनले कानुन विज्ञसँग छलफल गर्ने

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्- 'संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्ने भन्ने छ तर निर्वाचन ऐनमा भने कार्यकाल सकिनु २ महिनाअगावै निर्वाचन गरिसक्नु पर्ने उल्लेख छ । कुन कुरालाई मान्ने भन्ने विषयमा संविधान र कानुनका विज्ञसँग छलफल गर्ने बैठकमा निर्णय भयो ।'

उपाध्यक्ष पौडेलका अनुसार विज्ञहरुसँगको छलफल दुई दिनभित्रै हुनेछ ।

कानुनभन्दा संविधान ठूलो हो, त्यसलाई नै मान्नुपर्छ भन्ने बैठकमा कुरा उठेकोले ऐनको व्यवस्थालाई के गर्ने भन्ने विषयमा विज्ञहरुको राय लिने सहमति भएको उपाध्यक्ष पौडेलले बताइन् ।




प्रकाशित : माघ ७, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?