१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

सचिवालयका अनुसार बैठकमा संसद्‌को गतिरोध अन्त्य गर्ने, स्थानीय तह निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने छ । यसअघिको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी भएको थिएन ।

पुस ४ गतेको सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका थिए । ओलीलाई भेटेको दुई सातापछि देउवाले फेरि सर्वदलीय बैठक डाकेका हुन् ।

एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै निरन्तर रुपमा संसद् अवरुद्ध गर्दै आएको छ । एमालेले कारबाही सिफारिस गरेकामा माधवकुमार नेपाल, रामकुमारी झाँक्री लगायत सांसद् छन् ।

प्रकाशित : माघ ७, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?