२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

उपचारपछि नेता पुन स्वदेश फर्कँदै

काठमाडौँ — करिब ४ महिना लामो उपचारपछि माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्कने भएका छन् । पुन माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर स्वदेश फर्कन लागेका हुन् ।

उपचारपछि नेता पुन स्वदेश फर्कँदै

वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुनलाई गत असोज १३ गते थप उपचारका लागि बैंकक लगिएको थियो ।

बैंककस्थित समितिभेज अस्पतालमा डेढ महिनासम्म उपचार गराउँदा स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि मंसिर १० गते चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको थियो ।

समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले उनलाई थप उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए । जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई मंसिर दोस्रो साता चीन लगिएको थियो ।

चीनको सेन्जेन अस्पतालमा रहँदा पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको थियो ।

प्रकाशित : माघ ८, २०७८ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?