कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु

काठमाडौँ — नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । देशभरको विवरणअनुसार २४ घण्टाको अवधिमा १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।

नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु

यस्तै २४ घण्टामा एन्टिजेन र पीसीआर गरी २० हजार १८७ परीक्षण हुँदा १० हजार २५४ जना संक्रमित थपिएका छन् । निको हुनेको संख्या भने ७०८ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।

कोरोनाको ओमिक्रोन भेरिएन्ट नेपालमा फैलिएसँगै एकै दिन मृत्यु हुनेको संख्या यो सबैभन्दा धेरै हो । शुक्रबार दिनभर कोरोनाका कारण ३ जनाको मृत्यु भएको थियो ।



प्रकाशित : माघ ८, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?