१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

२४ घण्टामा थपिए १० हजार २५४ संक्रमित, ७०८ जना निको  

काठमाडौँ — पछिल्लो २४ घण्टामा १० हजार २५४ कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन र पीसीआर विधिबाट २० हजार १८७ परीक्षण हुँदा १० हजार २५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । १४ हजार ४६२ पीसीआर परीक्षण हुँदा ८ हजार २१२ र ५ हजार ७२५ एन्टिजेन परीक्षणमा २ हजार ४२ जनामा संक्रमण देखिएको हो । 

२४ घण्टामा थपिए १० हजार २५४ संक्रमित, ७०८ जना निको  

यस्तै २४ घण्टामा ७०८ जना निको भएका छन् । यो सँगै निको हुनेको स्ख्या ८ लाख २० हजार २८३ पुगेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १ लाख ९६ हजार ८५७ ले खोप लगाएका छन् ।

सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।

प्रकाशित : माघ ८, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?