२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

संविधानले तोकेको समयसीमा भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ : कानुनविज्ञ

काठमाडौँ — कानुनविद्हरुले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा बोल्दै कानुनविद्हरुले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामै हुनुपर्नेमा जोड दिएका हुन् ।

संविधानले तोकेको समयसीमा भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ : कानुनविज्ञ

कार्यक्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले स्थानीय स्थानीय तह निर्वाचन ऐन प्रदेशसभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए । उनले स्थानीय तहमा चरणको कुनै कुरानभएकोले यो स्थानीय तहमा ल्याउनु प्रदेशसभा निर्वाचन ऐन कपी पेस्ट गर्नुको परिणाम भएको बताए । महतोले एकै पटक निर्वाचन गर्ने नाममा सात वटा प्रदेशसभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको पनि प्रस्ट पारे ।

कानुनविद् सुरेन्द्र भण्डारीले अहिलेको निर्वाचन प्रणाली पैसा, गुन्डा र छलकपटमा नै आधारित भएको भन्दै नेपालमा संसदीय निर्वाचन प्रणाली असफल भएको दाबी गरे । उनले संकटको समयमा मात्रै संसद् र प्रदेशसभाको निर्वाचन वर्ष दिनसम्म लम्ब्याउन पाइने उल्लेख गर्दै अहिले संकट नभएकोले समयमै निर्वाचन गराउनु पर्नेमा जोड दिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले तीन तहको निर्वाचन एउटै चरणमा गर्न व्यवस्थापकीय दृष्टिकोणबाट पनि सम्भव नभएको भन्दै एउटै मितिमा निर्वाचन गर्न नमिल्ने बताए । उनले एकै चरणमा तीन तहकै निर्वाचन गरिनुपर्छ भन्ने कुरा कपटपूर्ण र लोकतन्त्रविरुद्धको षड्यन्त्र भएको आरोप लगाए ।

त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले स्थानीय तहको चुनाव समयमै गर्ने बताए । उनले अहिले सबै दल र आम नागरिकहरु स्थानीय तहको चुनाव गर्नुपर्छ भनेर लागिरहेकोले त्यसमा कुनै सशंय नगर्न पनि आग्रह गरे ।

नेता देवकोटाले यसअघि प्रतिनिधिसभाको चुनाव र प्रदेशसभाको चुनाव एकैपटक गरिएको भन्दै यसपटक पनि त्यसलाई सँगै लिएर जाने विषयमा बहस आवश्यक रहेको बताए ।

प्रकाशित : माघ ८, २०७८ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?