प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण‚ आईसीयूमा उपचार हुँदै

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण‚ आईसीयूमा उपचार हुँदै

उनलाई अहिले काठमाडौंस्थित मेडिसिटी अस्पतालको सघन कक्षमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले बताएकी छन् ।

‘ममीलाई कोरोना पोजेटिभ देखिएपछि विगत ३ दिनदेखि अस्पताल भर्ना गरिएको छ‚’ फेसबुकमा उनले लेखेकी छन्‚ ‘चिकित्सकका अनुसार ममीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने छ ।’

सीता दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् ।


प्रकाशित : माघ ९, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?