कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वैशाखमा प्रतिनिधि सभाको चुनाव कार्ड मात्रै: ‌ओली

प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनर्स्थापनालाई संविधानको जीतका रूपमा व्याख्या गर्ने नेताहरू आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा 'अर्ली इलेक्सन' को कुरा गर्दैछन् ?

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले वैशाखमा प्रतिनिधि सभाको चुनाव असल मनशाय नभई स्थानीय तहको चुनाव पर धकेलेर मुलुकमा राजनीतिक अन्याेलता सिर्जना गर्ने कार्डको रुपमा आएको दाबी गरेका छन् ।

वैशाखमा प्रतिनिधि सभाको चुनाव कार्ड मात्रै: ‌ओली

आइतबार वक्तव्य जारी गर्दै ‌ओलीले सत्ता गठबन्धनको नियतमाथि प्रश्न उठाएका हुन् ।

वक्तव्यमा गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने कार्ड 'फ्याँके' र यो प्रस्ताव कुनै असल मनशाय नभइ स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा नेकपा (एमाले) स्पष्ट रहेको उल्लेख छ ।

'हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौ । हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौ। साथै, हाम्रो स्पष्ट अडान छ- यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन' ओलीले भनेका छन्,'गत वर्ष हामीले ताजा जनादेशको माग गर्दा हामीमाथि अनेकौं प्रहार गरिए ।

जनताको बीचमा जानुलाई 'प्रतिगमन' र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई 'अग्रगमन' भन्ने भाष्य निर्माण गरियो प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनर्स्थापनालाई संविधानको जीतका रूपमा व्याख्या गर्ने नेताहरू आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा 'अर्ली इलेक्सन' को कुरा गर्दैछन् ? यसो गर्नुअघि उनीहरूले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन ?'

प्रकाशित : माघ ९, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?