१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
राष्ट्रिय सभा निर्वाचन

आइतरबार रातिदेखि मौन अवधि सुरु, सामाजिक सञ्जालबाट पनि भोट माग्न नपाइने

काठमाडौँ — राष्ट्रिय सभा निर्वाचनको मौन अवधि आइतबार रातिदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको मौन अवधि आइतबार राति १२ बजेबाट सुरु हुने जानकारी दिएको छ । 

आइतरबार रातिदेखि मौन अवधि सुरु, सामाजिक सञ्जालबाट पनि भोट माग्न नपाइने

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधिमा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूले सामाजिक सञ्जालबाट समेत प्रचार प्रसार गर्न नहुने बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले 'यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसार सामग्री हटाइएको हुनुपर्ने' भनेको छ ।

आयोगले सामाजिक सञ्जालबाट पनि भोट माग्नु आचारसंहिता विपरीत हुने उल्लेख गरेको छ । 'एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने' आयोगले जनाएको छ ।

आयोगले मतदाता पहिचान गर्न पनि निर्वाचन आधिकृतहरूलाई भनेको छ । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था छ ।

राष्ट्रिय सभाका १९ सिटका लागि माघ १२ गते मतदान हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा ४३ जना उम्मेदवार रहेको आयोगले जानकारी दिएको छ ।

प्रकाशित : माघ ९, २०७८ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?