कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

२४ घण्टामा ६ हजार ४६२ नयाँ संक्रमित, १ हजार ४१६ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ४६२ नयाँ संक्रमित बनेका छन् भने १ हजार ४१६ संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ४३७ परीक्षण गरिँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा ६ हजार ४६२ नयाँ संक्रमित, १ हजार ४१६ संक्रमणमुक्त

१३ हजार ३७७ पीसीआर परीक्षण हुँदा ५ हजार ५५८ र ४ हजार ६० एन्टिजेन परीक्षणमा ८६४ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा ४ जनाको मृत्यु भएको छ । अघिल्लो दिन शनिबार भने १६ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार २४ घण्टामा ४९ हजार ४७३ ले खोप लगाएका छन् । सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।

प्रकाशित : माघ ९, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?