१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सरकारले समयमै निर्वाचन गर्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ — सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले समयमै तीन वटै तहको निर्वाचन गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार कानुनविद्हरूसँगको छलफलपछि मन्त्री कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सरकारले समयमै निर्वाचन गर्छ : सञ्चारमन्त्री कार्की

उनले सरकारले संविधानले व्यवस्था गरेबमोजिम तीन वटै तहको निर्वाचन गर्ने बताए । ‘हामीले निर्वाचन पहिल्यै गर्ने वा पछिलाई सार्ने कुरा गरेका छैनौं । संविधानले जे व्यवस्था गरेको छ, त्यहीअनुसार हुन्छ, त्यसमा कुनै तलमाथि हुँदैन, चाहे त्यो संघ र प्रदेशको होस् वा स्थानीय तहको होस्,’ मन्त्री कार्कीले भने, ‘हामी यो संविधानको मर्म र भावनाअनुसार चल्छौं, संविधानको जुन भावना छ, त्यही भावनाअनुसार हामी मुलुकलाई अघि बढाउँछौं ।’

उनले यो सरकार विशेष परिस्थितिमा बनेको र संविधान र लोकतन्त्रको रक्षार्थ खडा भएको बताए । ‘यो सरकार विशेष परिस्थितिमा गठन भएको हो, संविधानको आडमा एकदलीय अधिनायकवादी व्यवस्थातर्फ मुलुकलाई उन्मुख गराइएको अवस्थामा यो सरकार निर्माण भएको हो । त्यसैले यो सरकार नै संविधानको रक्षार्थ गठन भएको हो,’ उनले अघि भने, ‘त्यसैले यो सरकारले संविधानको मर्म र भावना, लोकतन्त्रको मूल्यमान्यता र जनताको आकांक्षाअनुसार काम गर्छ ।’

उनले गठबन्धन सरकार संविधानको मर्म र भावनाबमोजिम नै निर्वाचन गर्ने गरी अघि बढिरहेको बताए । ‘हामी संविधानको भावनाअनुसार नै चल्छौं, संविधानको जुन भावना छ, हामी त्यहीबमोजिम काम गर्छौं, यसमा तपाईंहरु ढुक्क हुनुहोस्,’ उनले भने, ‘संविधानले जुन व्यवस्था गरेको छ, त्यहीअनुसार तीन वटै निर्वाचन सम्पन्न हुन्छ ।’


प्रकाशित : माघ ९, २०७८ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?