शुक्रराज अस्पतालमा ६० स्वास्थ्यकर्मी संक्रमित, रोकियो खोप कार्यक्रम

काठमाडौँ — शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा जारी खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

शुक्रराज अस्पतालमा ६० स्वास्थ्यकर्मी संक्रमित, रोकियो खोप कार्यक्रम

कोरोनाको पहिलो र दोस्रो लहरमा अस्पतालमा यत्तिका धेरै स्वास्थ्यकर्मी संक्रमित भएका थिएनन् ।

स्वास्थ्यकर्मी संक्रमित भएसँगै अस्पतालको सेवा प्रभावित भए पनि कुनै पनि सेवा नरोकिएको गौतमको भनाइ छ । 'थप स्वास्थ्यकर्मी संक्रमित नहोउन् र सेवा नै स्थगित गर्नुपर्ने अवस्था नआओस् भनेर खोप कार्यक्रम तत्कालका लागि रोकेका हौँ,' उनले भने ।

अस्पतालमा ३०० कर्मचारी कार्यरत छन् । हाल १८ जना कोभिडका बिरामी उपचार गराइरहेकामा ११ जना आइसियूमा रहेका छन् ।

प्रकाशित : माघ १०, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?