अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ — स्रोत नखुलेको विदेशी मुद्रासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाट पक्राउ परेका छन् । फ्लाई दुबईको विमानबाट दुबई जान लागेका इस्याक खान इब्राहिम खानलाई विमानस्थलबाट पक्राउ परेका हुन् ।

अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा एक्स-रे मेसिनद्वारा म्यानुअल जाँच गर्ने क्रममा अवैध १५ हजार अमेरिकी डलर, ६ सय १० साउदी रियाल,९ सय २० यूएई दिरामसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुशन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ १०, २०७८ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?