२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

२४ घण्टामा थप १० हजार ३१९ मा कोरोना‚ २ हजार ५४० संक्रमणमुक्त

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टायता १० हजार ३१९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २१ हजार २०१ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा थप १० हजार ३१९ मा कोरोना‚ २ हजार ५४० संक्रमणमुक्त

१६ हजार ६५४ जनामा पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोहि अवधिमा २ हजार ५४० संक्रमित निको भएका छन् । योसँगै हालसम्म ८ लाख २४ हजार २३९ जना निको भएका छन् ।

२४ घण्टामा ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।

प्रकाशित : माघ १०, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?