१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सुनाकोठीको बालकुमारी माईको मूर्ति खोज्न अनुसन्धान टोली गठन

ललितपुर — ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी माईको मूर्ति खोजीका लागि लागि पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।

सुनाकोठीको बालकुमारी माईको मूर्ति खोज्न अनुसन्धान टोली गठन

प्रहरी नायव निरीक्षक दीपक भारतीको संयोजकत्वमा उक्त अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए । उनले भने, ‘प्राविधिकसहित अनुसन्धानका लागि टोली गठन गरेका छौं, अनुसन्धानका टुलहरू प्रयोग गरेर खोजी सुरु गरिसकेका छौं । ’

ललितपुर महानगरको वडा नं. २७ मा रहेको मन्दिरबाट बालकुमारी माईको मूर्ति आइतबार सबेरै चोरी भएको थियो । चोरीमा संलग्नले चारवटा ताल्चा काटेर मन्दिरभित्र प्रवेश गरी मूर्ति चोरेका थिए ।

प्रदेश सांसद राजकाजी महर्जनले कल ट्रेसिङलगायत सम्पूर्ण अत्याधुनिक प्रविधि प्रयोग गरेर अनुसन्धानलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, ‘सुनाकोठीमा अप्रिय घटना भएको छ, सुनाकोठीबासी दुःखमा हुनुहन्छ, राज्यका सम्पूर्ण संयन्त्र प्रयोग गरेर मूर्ति खोजी गर्नुपर्छ ।’

आस्थाको केन्द्र, धार्मिक, ऐतिहासिक सम्पत्तिको चोरीले सुनाकोठीबासी मर्माहत भएको प्रदेश सांसद दिनेश महर्जनले बताए ।उनले भने, ‘तदारुकता र जिम्मेवारीबोधसहित खोजीमा लागौं ।’

सम्बन्धित समाचार
सुनाकोठीमा रहेको बालकुमारी मन्दिरको मूर्ति चोरी

ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले घटना निन्दनीय भएको बताए । ‘बालकुमारी माईको मूर्ति चोरी हुँदा हाम्रो मन रोएको छ, माईलाई आफ्नै घरमा फर्काउन अनुसन्धानलाई चुस्त बनाऔं ।’ महानगरका तर्फका मूर्ति खोजीका सबै खालको सहयोग गर्न तयार रहेको नगर प्रमुख महर्जनले प्रष्ट पारे । उनले भने, ‘ म सामाजिक, आर्थिक , राजनीतिक रुपमा सहयोग गर्न तयार छु, अनुसन्धान चुस्त हुनुपर्‍यो, जतिसक्दो छिटो मूर्ति सुनाकोठीमा राख्न पाइयोस् ।’

वडा नं २७ का वडाध्यक्ष बाबुराज महर्जनले अनुसन्धानका लागि सबैखाले सहयोग गर्न तयार आफू रहेको बताए ।े सहयोग गर्न तयार रहेको वचनबद्धता व्यक्त गरे ।

ललितपुर प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनुसन्धानलाई चुस्त बनाउन केन्द्रीय सुरक्षा संयन्त्रसमेत लागेको जानकारी दिए ।

प्रकाशित : माघ १०, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?