१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

उपचार गरेर फर्किएपछि पुनले भने- 'महासचिवमा मेरो दाबेदारी'

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीमा महासचिवको लागि आफू दाबेदार रहेको बताएका छन् ।

उपचार गरेर फर्किएपछि पुनले भने- 'महासचिवमा मेरो दाबेदारी'

चीनमा उपचार गरी सोमबार साँझ काठमाडौं ओर्लिएका नेता पुनले विगतमा सचिव भएर काम गरेकाले अहिले आफू महासचिवको स्वभाविक दाबेदार भएको बताएका हुन् । आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताए ।

माओवादी केन्द्रको ८ औं महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहालले पनि नेता पुनले पदाधिकारीमा इच्छा व्यक्त गरेको कुरा अरु नेताहरूमाझ राखेका थिए । माओवादीको ८ औं महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहालसहित केन्द्रीय कमिटी चयन भए पनि पदाधिकारी चयन भने थाती नै छ ।

माओवादीमा पदाधिकारी चयन कहिले ?

‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ। त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो,’ नेता पुनले भने ।

यस्तै उनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीबाट पाएको जिम्मेवारी आफूले स्वीकार गर्ने पनि बताए ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन् । पुनले भने ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’ पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पुन झण्डै ४ महिना लामो उपचार सकेर नेपाल फर्किएका हुन् ।

दुर्लभ वंषाणुगत जण्डिसबाट ग्रसित नेता पुन उपचारको लागि गत असोज १३ गते थाइल्याण्डको बैंकक गएका थिए । बैंककपछि थप उपचारका लागि उनी चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटलमा गएका थिए ।

प्रकाशित : माघ १०, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?