कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मुख्यमन्त्री शाहीको सम्पत्ति : ३ घरसहित ८ ठाउँमा जग्गा, १ करोड ७२ लाख ऋण

५६ तोला सुन, विभिन्न कम्पनीमा १३००० कित्ता सेयर

काठमाडौँ — कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको ३ वटा घरसहित  ८ ठाउँमा जग्गा रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाहीले पेस गरेको सम्पत्ति विवरणअनुसार उनको हुम्लाको सिमकोटमा २ र काठमाडौंमा एउटा घर रहेको छ ।

मुख्यमन्त्री शाहीको सम्पत्ति : ३ घरसहित ८ ठाउँमा जग्गा, १ करोड ७२ लाख ऋण

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा उनको १० आना(३३०.७५ वर्गमिटर) जग्गामा बनेको घर छ । मुख्यमन्त्री शाहीले उक्त घर व्यापार व्यवसायबाट भएको आम्दानीले बनाएको उल्लेख गरेका छन् । त्यस्तै हुम्लाको सिमकोट २२ आना र १७ आनामा बनेका दुईवटा घर पनि रहेका छन् ।

सिमकोटमा रहेको एउटा घर भने उनकी श्रीमती बसन्ती शाहीको नाममा रहेको छ। पूर्वसरकारी कर्मचारी शाही अहिले कर्णाली प्रदेश लोक सेवा आयोगकी सदस्यसमेत रहेकी छिन् । उनलाई २०७७ फागुन ६ गते सदस्यमा नियुक्त गरिएको थियो ।

त्यस्तै मुख्यमन्त्री शाहीका नाममा हुम्लाको खार्पुनाथ गाउँपालिका-५ मा २०० रोपनी जग्गा रहेको छ । पुर्ख्यौली सम्पत्तिका रूपमा रहेको उक्त जग्गा सगोलमा रहेको पनि उनले विवरणमा खुलाएका छन् । त्यस्तै खार्पुनाथमै १५ रोपनी जग्गा पनि उनको नाममा रहेको छ ।

त्यस्तै मुख्यमन्त्री बाँकेको खजुरामा १० लाखमा २ बिघा जमिन किनेको बताएका छन् । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका-१ मा ५ लाखमा किनेको जग्गा कति छ भन्ने विवरण भने मुख्यमन्त्री शाहीले खुलाएका छैनन् । त्यस्तै श्रीमती शाहीको नाममा ५ आना १० पैसा २ दाम जग्गा रहेको छ । उक्त जग्गा जागिर र व्यापार व्यसायबाट किनेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री शाहीले सुनचाँदी पनि उल्लेख्य मात्रामा जोडेका छन् । उनले २०४२ सालदेखि अहिलेसम्म गरी ५६ तोला सुन र २ किलो चाँदी जोडेका छन् । त्यस्तै ३ लाख रुपैयाँबराबरको टप, औँठी र नवरत्न पनि उनीसँग रहेको छ । त्यस्तै विभिन्न बैंकमा गरी उनको नाममा ७७ लाख रुपैयाँ रहेको छ । त्यस्तै श्रीमती बसन्ती शाहीका नाममा ३१ लाख रुपैयाँ रहेको छ । त्यस्तै गरी शुभचिन्तक सहकारीमा मुख्यमन्त्री शाही र श्रीमतीको नाममा ६/६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै चिलिमे हाइड्रो पावरको २६०० कित्ता सेयर रहेको छ । त्यस्तै ज्योति विकास बैंकमा १० हजार कित्ता प्रमोटर सेयर रहेको छ भने कृषि विकास बैंकको ४ सय कित्ता सेयर रहेको छ ।

१ करोड ७२ लाख रुपैयाँ ऋण

त्यस्तै उनले व्यक्ति र ज्योति विकास बैंकसँग गरी १ करोड ७२ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । इमोरल खड्का ४० लाख रुपैयाँ र ज्योति विकास बैंकसँग १ करोड ३२ लाख रुपैयाँ ऋण लिएको उनले उल्लेख गरेका छन् । त्यस्तै मुख्यमन्त्री शाहीसँग २०७१ सालमा ९५ लाख रुपैयाँमा किनेको कार रहेको छ ।

२ वटा घोडा र ५० भेडाबाख्रा

त्यस्तै मुख्यमन्त्री शाहीको चौँरी, झोपा, जुमा, गाईगोरु १२ र २ वटा घोडा रहेका छन् । त्यस्तै आफ्नै घरमा ५० भेडाबाख्रा पालेको मुख्यमन्त्री शाहीले उल्लेख गरेका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र र प्रत्येक आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने छ ।

यस्तो छ मुख्यमन्त्री शाहीको सम्पत्ति

प्रकाशित : माघ ११, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?