कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह- 'मल कारखाना खोल्नू, हामी सहयोग गर्छौं'

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । यसका लागि सरकारले सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह- 'मल कारखाना खोल्नू, हामी सहयोग गर्छौं'

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगान नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् ।

उनले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरूलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री देउवाले भने, ‘अफगानिस्तानमा अत्यन्तै खाद्य संकट छ । त्यसमा यूएनएसमेतले अफगानीहरू भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपतिले मानवीय संकटमा खाद्यान्न पुर्‍याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद । हामी प्राइभेट एयरलाइन्स मात्रै होइन, उद्योगधन्धा जुनसुकैका लागि पनि सहयोग गर्न चाहन्छौं । कतिपय सरकारलाई प्राथमिकताहरू हुन्छन् । जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरिटीको । कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस् ।'

हाल कोरोना भाइरसले पनि देशलाई हैरान गरेको भन्दै उनले जसरी भए पनि ओमिक्रोन भाइरसबाट मुक्त हुनुपर्ने बताएका थिए । यस्तो बेलामा स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन प्रोत्साहन गर्नुपर्ने पनि उनले बताए ।

प्रकाशित : माघ ११, २०७८ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?