२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मेडिकल कलेजको अतिरिक्त शुल्कविरुद्धको विद्यार्थी आन्दोलन स्थगित 

काठमाडौँ — मेडिकल कलेजको अतिरिक्त शुल्कविरुद्ध आन्दोलन गर्दै आएका ८ विद्यार्थी संगठनले आन्दोलन स्थगित भएको घोषणा गरेका छन् ।

मेडिकल कलेजको अतिरिक्त शुल्कविरुद्धको विद्यार्थी आन्दोलन स्थगित 

काठमाडौं विश्वविद्यालयले सम्बन्धन शुल्क विद्यार्थीलाई नै फिर्ता गर्ने, होस्टललाई ऐच्छिक गर्ने र विद्यार्थीलाई निःसर्त कक्षाकोठामा भर्ना गराउने प्रतिबद्धता जनाएकाले आन्दोलन स्थगित गरिएको संयुक्त विद्यार्थी संगठनले जनाएका छन् । प्रतिबद्धता पूरा नभए पुनः आन्दोलन गर्ने ८ विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । केयुले सम्बन्धन शुल्क बापत्तको ९८ हजार विद्यार्थीलाई नै फिर्ता गर्ने जनाएको छ ।

यद्यपि परीक्षा, रजिष्ट्रेशन शुल्क के हुने भन्ने अनिश्चित छ । नोबेल र काठमाडौं मेडिकलले होस्टल अनिवार्य गर्दै ४ लाख ८० हजार अतिरिक्त शुल्क मागेपछि चिकित्साशास्त्रका विद्यार्थी आन्दोलित भएका थिए । उनीहरुको आन्दोलनमा नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायत ८ विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएका थिए ।

कलेज संचालकले चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय, जिल्ला प्रशासनलगायत निकायको निर्देशन अवज्ञा गर्दै आएका छन् ।


प्रकाशित : माघ ११, २०७८ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?