कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

विमानस्थलमा तीन ल्याबलाई अनुमति

काठमाडौँ — राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा ल्याबलाई मात्र कोभिड परीक्षण अनुमति दिएको छ ।

विमानस्थलमा तीन ल्याबलाई अनुमति

हाल विमानस्थलमा सुमेरु हस्पिटल, स्टार हस्पिटल मोलिक्युलर ल्याब र महेन्द्रनारायण निधि मेमोरियल हस्पिटलले प्रयोगशाला सञ्चालन गरी परीक्षण गर्दै आएका छन् । तर ती ल्याबले यूएई जाने यात्रुको मात्रै कोभिड परीक्षण गर्न पाउनेछन् ।

विमानस्थल परिसरमा परीक्षण गरिएको ४ घण्टाभित्रको रिपोर्ट यूएई जाने यात्रुका लागि मात्र आवश्यक रहेको भन्दै जनस्वास्थ्य प्रयोगशालाले सबैले देख्ने ठाउँमा ‘यूएई जाने यात्रुहरूका लागि मात्र’ लेख्न पनि आग्रह गरेको छ ।

विमानस्थल परिसरमा कलेक्सन सेन्टरका रूपमा चलाइएका अन्य प्रयोगशालालाई भने रोक लगाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाद्वारा जारी सूचनामा उल्लेख छ । प्रयोगशालाको टोलीले मंगलबार विमानस्थलमा सञ्चालित ल्याबहरूको अनुगमन गरेको थियो ।


प्रकाशित : माघ १२, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?