कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड १९ प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले बुधबार थपिएको ८ हजार ४५४ सहित सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको जानकारी दिएका हुन् । 

नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो

सक्रिय संक्रमितमध्ये ८८ हजार २४८ जना घरमै (होम आइसोलेसन)मा स्वास्थ्यलाभ गरिरहेको र १ हजार ८१९ जना संस्थागत आइसोलेसनमा रहेको उनले बताए । उनका अनुसार २५१ जना सघन उपाचार कक्ष (आइसीयू) मा र ४८ जना भेन्टिलेटरमा उपचाररत रहेको निर्देशक पौडेलले जनाए । संस्थागत क्वारेन्टाइनमा १ सय ७१ रहेको छ ।

निर्देशक पौडेलले पहिलो र दोस्रो लहरको तुलनामा आईसीयू र भेन्टिलेटर कम प्रयोग गर्नु परे पनि संक्रमण दर बढी रहेको बताए । हाल परीक्षणको आधारमा ४० प्रतिशतभन्दा बढी संक्रमित दर रहेको उनले बताए ।

संक्रमण फैलिरहेकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरी आफू र अरुलाई संक्रमणबाट जोगाउन उनले अनुरोध गरेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४५४ संक्रमित थपिएका छन् भने ४ हजार ४३३ निको भएका छन् । २४ घण्टामा ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ १२, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?