कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालका १९ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौँ — देशभरका १९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल काठमाडौं, ललितपुर, भक्तपुरलगायत १९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको जानकारी दिएको हो ।

नेपालका १९ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित

त्यस्तै दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोत्तरी, सलार्ही, सिरहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । नेपालमा हाल कुनै पनि जिल्लामा शून्य संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा ३८ हजार ८५९, ललितपुर १० हजार ३९० र भक्तपुरमा पाँच हजार ६१४ सक्रिय संक्रमित रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ । हाल भेन्टिलेटरमा ४९ र आईसीयूमा २५७ संक्रमित रहेको मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा ८८ हजार ६४२, संस्थागत आइसोलेसनमा एक हजार ९३४ र क्वारेन्टिनमा १४९ जना रहेका छन् ।

यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरु

  • मोरङ
  • सुनसरी
  • झापा
  • धनुषा
  • सप्तरी
  • काठमाडौं
  • ललितपुर
  • भक्तपुर
  • चितवन
  • मकवानपुर
  • काभ्रेपलाञ्चोक
  • नुवाकोट
  • कास्की
  • नवलपरासी पूर्व
  • तनहुँ
  • बाँके
  • रुपन्देही
  • दाङ
  • कैलाली

यो पनि

प्रकाशित : माघ १३, २०७८ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?