कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडी तोडफोड

काठमाडौँ — चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. श्रीकृष्ण गिरी चढेको गाडी बिहीबार तोडफोड भएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडी तोडफोड

आयोगको कार्यालय भक्तपुर सानोठिमी जाँदा बिहान ११ बजे काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडि काँडाघारीमा गिरी चढेको प्रदेश ३–०१ ००२ झ ४९१५ नम्बरको गाडीलाई ढुंगा प्रहार गरिएको सदस्य सचिव भोजराज काफ्लेले जनाए । ढुंगाले गाडीको पछाडिको सिसा फुटेको छ ।

आयोगले विज्ञप्ति जारी गरेर घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । गिरीमाथि नै आक्रमण गर्ने उद्देश्यले आक्रमण गरिएको आयोगले जनाएको छ । ‘घरबाट अफिस जाँदै थिए, गाडीमा चालक र ममात्र थियौं,’ गिरीले भने, ‘एक्कासी ढुंगा गाडीमा आएर ब्रजेपछि सिसा फुट्यो र ढुंगो म बसेको सिटमा आएर ठोकियो ।’ कसले ढुंगा प्रहार गर्‍यो भन्ने खुलेको छैन ।

घटनापछि काठमाडौं र भक्तपुर प्रहरीलाई खबर गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

चीनमा चिकित्सा शिक्षा पढेर इन्टनसीप पूरा गर्न नपाएका विद्यार्थी र अतिरिक्त शुल्कको विषयमा एमबीबीएस लगायतका विद्यार्थी आयोगसँग असन्तुष्ट हुँदै आन्दोलनमा छन् । यसअघि चीनबाट फर्केका इन्टनसीप पूरा गर्न बाँकी रहेका विद्यार्थीले गिरीमाथि दुर्व्यवहारको प्रयास गरेका थिए । गिरीमाथि पटक/पटक आक्रमणको प्रयास हुँदै आएको छ ।

गत वर्ष उनको टोखास्थित घरमा शंकास्पद बस्तु फेला परेपछि सरकारले सुरक्षाकर्मी उपलब्ध गराएको थियो । अहिले फिर्ता गरिएको छ । आयोगले पदाधिकारीलगायत कर्मचारीको सुरक्षाको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।


प्रकाशित : माघ १३, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?