३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

शिक्षामन्त्री पौडेलले मागे निजी क्षेत्रका सुझाव

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरूका पदाधिकारीसँग सुझाव लिएका छन् । बुधबार र बिहीबार मन्त्रालयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनसँग शैक्षिक सुधारका विषयमा सुझाव लिएका हुन् । 

शिक्षामन्त्री पौडेलले मागे निजी क्षेत्रका सुझाव

सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपालले कोराना भाइरसको तेस्रो भेरिएन्ट ओमिक्रोनका कारण बन्द विद्यालय खोल्न दिन माग गरेका छन् । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले निजी स्कुलले गरेका राम्रा कामहरूको मुल्यांकन सरकारले गर्नुपर्ने बताएका छन् । उनले सरकारले विद्यार्थीलाई खोप दिने भने पनि शिक्षक, कर्मचारीलाई बुस्टर डोज दिनेबारे सरकार गम्भीर नभएको बताएका छन् । देशका सबै विद्यालय बन्द गर्नुका साटो कोभिड प्रभावित क्षेत्र तोकेर अन्य विद्यालयलाई सञ्चालनको वातावरण गराउन प्याब्सनले माग गरेको छ ।

यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन नेपालले सहुलियपूर्ण कर्जामा छुटको व्यवस्था माग गरेको छ । ‘स्कुल चलाउन हामीले बैंकबाट लोन लिएका छौं’, एसोसिएसन अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘गतवर्ष कर्जामा ५ प्रतिशत छुट भएको थियो, यो वर्ष पनि छुटका लागि पहल गरिदिनुपर्‍यो ।’

छलफलमा मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन् । उनले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राज्य प्रणालीलाई कार्यान्वयन गर्दै लैजानुपर्ने बताए । मन्त्री पौडेलले सीसीएमसीसीको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालबारे थप निर्णय हुनेसमेत बताए ।

प्रकाशित : माघ १३, २०७८ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?