२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

हरिजनको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौँ — गृह मन्त्रालयले रोल्पा कारागारमा झुन्डिएर आत्महत्या गरिएको भनिएका बन्दी सुन्दर हरिजनको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

हरिजनको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापगाईंको संयोजक्तवमा समिति गठन गरेको हो । समितिलाई घट्ना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्‍धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।


गृह मन्त्रालयले समितिको प्रतिवेदन प्राप्त भएपछि घटनाबारे सत्यतथ्य उजागर हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने पनि बताए ।

शनिबार कान्तिपुरले एउटा व्यक्तिले गरेको कसुरमा हरिजनलाई कारागार चलान गरिएको सम्बन्धी विस्तृत समाचार प्रकाशित गरेको थियो ।

यो पनि पढ्नुहोस् :

अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको ज्यान गयो

प्रकाशित : जेष्ठ १४, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?