२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

'निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्चको फैसला अध्ययन गरी आवश्यक निर्णय लिइनेछ'

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतले दिएको फैसलाको अध्ययन गरेर सरकारले आवश्यक निर्णय लिने बताएका छन् । 

'निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्चको फैसला अध्ययन गरी आवश्यक निर्णय लिइनेछ'

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 'निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको अध्ययन गरी आवश्यक निर्णय लिइनेछ,' प्रधानमन्त्री देउवाले भने ।

सर्वोच्च अदालतले बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न फैसला दिएको थियो । सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले वातावरणीय कारण देखाउँदै उक्त फैसला दिएको थियो । तर, फैसलाको पूर्णपाठ भने आइसकेको छैन ।

सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न भनेर फैसला गरेकोप्रति मन्त्रीदेखि सांसद र नेताहरूले विकासमा अवरोध पुग्ने भनेर अभिव्यक्ति दिएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७९ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?