कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

समाजवादी लक्ष्य हासिल गर्न वाम-लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प : दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम-लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताएका छन् । पन्ध्रौं गणतन्त्र दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै दाहालले देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वाम-लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प रहेको बताएका हुन् । 

समाजवादी लक्ष्य हासिल गर्न वाम-लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प : दाहाल

नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन संभव भएको उल्लेख गर्दै दाहालले आजको दिन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढन अपिलसमेत गरेका छन् ।

दाहालले गणतन्त्र दिवस २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । १० वर्षे 'जनयुद्ध', संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनका क्रममा गणतन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुति दिने सहिदहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै उनले आन्दोलनको क्रममा बेपत्ता र घाइते योद्धाहरुमा सम्मान व्यक्त गरेका छन् ।

देशव्यापीरुपमा एकैसाथ सम्पन्न स्थानीय तह निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै उनले निर्वाचनमा जित-हारभन्दा पनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकोमा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?