कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

काठमाडौंको बजेट गत वर्षभन्दा ६ अर्बले बढ्यो

पूर्वाधार विकास प्राथमिकतामा

काठमाडौँ — काठमाडौं महानगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै २५ अर्ब ४१ करोडको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबारको नगरसभामा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरिन् ।

काठमाडौंको बजेट गत वर्षभन्दा ६ अर्बले बढ्यो

यो चालु आर्थिक वर्षको बजेटभन्दा ६ अर्ब ४६ करोड रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा महानगरले १८ अर्ब ९५ करोडको बजेट विनियोजन भएको थियो । महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।

उपमेयर डंगोलले महानगरपालिकाले कुल बजेटको ४९.५७ प्रतिशत बजेट पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरेको बताइन् । उनले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट विनियोजन गरेकी छन् ।

त्यस्तै, कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार, सामाजिक विकासका लागि १ अर्ब ६२ करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड विनियोजन गरेको जानकारी दिइन् । उनका अनुसार महानगरले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ८ अर्ब ८० करोड आम्दानी गरेको छ ।

प्रकाशित : असार १०, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?