१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — बाढी पुर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही घट्ने रहेतापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसीको बाढी बुधबार उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्र पसेको छ । पहाडी क्षेत्रमा लगातारको वर्षासँगै कोसीमा आएको बाढीले कटान तीव्र भइरहेको हो । डुम्रिबोटेमा झन्डै ३ सय मिटर जमिन कटान गरी कोसी बस्ती पसेको छ । नगरपालिकाको १, २, ३, ८ र ९ तथा सुनसरी बराह क्षेत्रका ६ र ९ वडाका धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती जोखिममा परेका छन् ।

यस्तै, सप्तकोसीको बाढीले बुधबार हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्ती कटान गरेको छ । बाढीले कोसीको मध्य भागमा रहेको यो बस्ती बर्सेनि डुबानमा पर्दै आएको छ ।

प्रकाशित : श्रावण १९, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?