२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

जहाजको शौचालयमा धुवाँ देखिएपछि श्रीको जहाज नेपालगन्ज नै फर्कियो

सुरज कुँवर

काठमाडौँ — शौचालयबाट धुवाँ निस्किएपछि ७९ यात्रु बोकेर काठमाडौंका लागि उडेको श्री एयरलायन्सको जहाज पुनः नेपालगन्ज नै फर्किएको छ । 

जहाजको शौचालयमा धुवाँ देखिएपछि श्रीको जहाज नेपालगन्ज नै फर्कियो

नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालका अनुसार, विहान ९ बजेर ४९ मिनेटमा काठमाडौंका लागि उडेको श्रीको बमबार्डियर ड्यास क्यू ४०० विमानको शौचालयभित्र धुवाँ निस्किएको संकेत ककपिटमा रहेको उपकरणमा देखिएपछि चालक दलले उक्त विमानलाई ६ मिनेटमै नेपालगन्ज विमानस्थलमा फर्काएका थिए ।

‘पाइलटले ल्याबोटरीमा धुवाँ निस्किएको संकेत देखिएपछि ५ माइल (करिब ९ किलोमिटर ) बाटै जहाज फर्काए,’ विमानस्थल प्रमुख खनालले भने, ‘जहाज अवतरण भइसकेपछि हामीले पनि धुवाँ निस्किएको देख्यौं । इन्जिन बन्द गरेपछि धुवाँ पनि रोकियो ।’

उनका अनुसार उक्त विमानका सबै यात्रुलाई विमानस्थलमा राखिएको छ । श्रीले अर्को विमान पठाउने वा नपठाउनेबारे नेपालगन्ज विमानस्थललाई कुनै जानकारी गराइनसकेको खनालले बताए । श्रीसँग बमबार्डियर ४ र सीआरजे ४ गरी ८ वटा जहाज छन् ।

प्रकाशित : श्रावण १९, २०७९ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?