प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएको एक वर्षपछि आफ्नो परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जलस्रोत विज्ञको रुपमा समेत चिनिएका लेखक अरुणकुमार सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।

विभिन्न परियोजनामा संलग्न रहेर काम गरेका सुवेदी कांग्रेसको राजनीतिमा भने सक्रिय थिएनन् ।

प्रकाशित : श्रावण १९, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?