१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

यसपटकको चुनाव त लड्नैपर्छ‚ जित्नैपर्छ : माधव नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचन जित्नैपर्ने दबाबमा आफू रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा उनले आगामी निर्वाचनमा लड्नैपर्ने र जित्नैपर्ने दबाबमा रहेको बताउँदै त्यसपछि भने राजनीतिबाट टाढिने योजनामा आफू रहेको बताए । 

यसपटकको चुनाव त लड्नैपर्छ‚ जित्नैपर्छ : माधव नेपाल

अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले टाढिन नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने बताएका हुन् । उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए ।

चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै उनले परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने दाबी गरे ।

‘मलाई कतिपय पत्रकार साथीहरूले एकदिन दिनुहोस् न भनेर मागेका छन् तर समय मिलाउन भ्याइरहेको छैन । एक दिन पनि निकाल्न सकेको छैन । यो समय पाँच वर्षपछि मिल्ने हो कि जस्तो लागेको छ । अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाइ हुनुपर्ला जस्तो लागिरहेको छ । धेरै बस्न पनि जरुरी छैन‚’ उनले भने‚ ‘७० वर्षमा नै बिदा हुने भनेको हो तर राजनीतिक परिस्थितिले छाड्न नै दिएको छैन । यसपटकको चुनावमा त लड्नैपर्छ । जित्नैपर्छ । राजनीतिलाई एउटा मोडमा पुर्‍याउनै पर्छ ।’

चुनावको मितिको घोषणा भइसकेपछि आफू पछाडि हट्न नहुने भन्दै उनले भने‚ ‘अब पनि चुनावमा नउठ्ने भन्ने कुरा गर्नै भएन; डराएछ कि के हो माधव नेपाल भन्ने पर्ला । सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईंहरूको बीचमा मैले फेरि आउनुपर्नेछ ।’

अध्यक्ष नेपालले नेपाली कांग्रेसमा हामी नै सबैथोक हौं परेको आशंका व्यक्त गर्दै अरु पार्टी पनि मैदानमा छन् भन्ने सोच्न जरुरी रहेको बताए । उनले नेकपा एमालेप्रति इंगित गर्दै आफू सबथोक हुँ भनिरहेको र यही प्रवृत्तिले देश बिगारिरहेको उल्लेख गरे ।

प्रकाशित : श्रावण १९, २०७९ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?