१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हामी एक चीन नीतिमा विश्वास गर्छौं : अध्यक्ष ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले एक चीन नीतिमा विश्वास गर्ने बताएका छन् । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय मामिलामा कलम चलाउने पत्रकारसँग अन्तरक्रिया गर्दै बिहीबार ओलीले अरुजस्तो बाहिर-बाहिर एक चीन नीति भन्ने र भित्र-भित्रै फरक काम गर्ने नभएको बताएका हुन् ।

हामी एक चीन नीतिमा विश्वास गर्छौं : अध्यक्ष ओली

अमेरिकी सभामुख नान्सी पेलोसीले दुई दिनअघि ताइवान भ्रमण गरेको प्रसंगमाथि टिप्पणी गर्दै ओलीले छिमेकीहरूसँग भरपर्दो छिमेकीपनको भूमिका निभाउने बताए ।

‘संसारको कुनै पनि देशको संवेदनशीलता हुने भएकाले कसैको पनि आन्तरिक मामिलालाई हस्तक्षेप गर्नु हुँदैन । कसैको पनि शान्ति खल्बल्याउने खालको काम गर्नु हुँदैन,’ उनले भने,‘तिब्बतमा हाम्रो प्रस्ट धारणा छ; यसमा हाम्रो धारणा तलमाथि हुँदैन । ठूला शक्तिहरू र अन्तर्राष्ट्रिय शक्तिहरू के गर्छन् आ-आफ्नो स्थानमा छ तर हामी हाम्रो भूमि अरू कसैको विरूद्ध प्रयोग हुन दिन्नौं ।’ ओलीले दुई देश (अमेरिका र चीन) बीच टिप्पणी गर्न उचित नहुने बताए । भविष्यमा पनि शान्ति खलबल्याउने काम नहोस् भन्ने आफ्नो चाहना गरेको प्रस्ट पारे ।

‘हामी अर्काको राष्ट्रिय हितविरूद्ध पनि लाग्दैनौं र हाम्रो राष्ट्रियहितमा पनि अरूलाई हस्तक्षेप गर्न दिँदैनौं,’ उनले भने, ‘तर, यो गठबन्धन सरकार भूराजनीतिक विषयमा केही मोडिए काम गरेको छ ।’

ओलीले नेपाललाई चलाउनका लागि भारत, चीन र अमेरिकाले व्यवस्था गर्ने भन्ने गलत भएको बताए । ‘भारत, चीन र अमेरिकालाई यहाँका मान्छेहरूले व्यवस्थापन गर्न आफूले खोजी-खोजी निम्त्याए,’ उनले भने, ‘मातृका कोइरालाले नेपालमा २६ वटा भारतीय सुरक्षा पोस्ट मागेर ल्याए । पछि कृतिनिधि विष्टले त्यसलाई हटाउन भनेर हटाइयो । त्यसमा भारतका तत्कालीन प्रधानमन्त्री नेहरुभन्दा पनि हाम्रो नेताको कमजोरी देखियो ।’

प्रकाशित : श्रावण १९, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?