कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै माैरी पुलमा पहिराे जाँदा शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । राति दुई बजेतिर लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएकाे थियो ।

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

शुक्रबार बिहानै ८ बजे उक्त पहिरो पन्छाएर दुईतर्फी रुपमै यातायात सञ्चालनमा आएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

माैरी पुलमा साेमबार रातिदेखि पहिराेका कारण दिनदिनैजसाे बाटाे बन्द हुने गरेकाे छ । वर्षा भएपछि खाेल्सामा थुप्रिएकाे माटाे‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ माैरी पुलमा बाटाे बन्द हुने समस्या देखिएको छ । संघीय राजधानी काठमाडाैंलाई जाेड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयाैं सवारी र यात्रु अलपत्र पर्ने गर्छन् ।

प्रकाशित : श्रावण २०, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?