कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सत्ता गठबन्धनबीच प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल गर्ने समझदारी

भदौ पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाइने
कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने भएका छन् । शुक्रबार बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै चुनाव लड्ने समझदारी भएको एक नेताले बताए ।

सत्ता गठबन्धनबीच प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल गर्ने समझदारी

त्यस्तै भदौको पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँडको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ । सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो ।

प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।


नेताहरू सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने बताउँछन् । यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठे पनि सबै ठाउँमा यो ढाँचा काम नलाग्ने कांग्रेसका एक नेता बताउँछन् । अनौपचारिक छलफलका क्रममा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने भएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २०, २०७९ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?