कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सत्ता गठबन्धनले साउन मसान्तसम्म सिट बाँडफाँडको खाका तयार पार्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धन साउन मसान्तसम्म सिट बाँडफाँडको खाका तयार गर्ने म्यान्डेटसहित कार्यदल गठन गरेको छ । शुक्रबार बसेको गठबन्धनको बैठकमा चुनावी तालमेलसहित कार्यदल गठन गर्ने निर्णय गरेको हो । 

सत्ता गठबन्धनले साउन मसान्तसम्म सिट बाँडफाँडको खाका तयार पार्ने

कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २-२ जनाको प्रतिनिधित्व रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । कार्यदलमा कांग्रेसबाट कार्कीसहित नेता कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन रहेका छन् ।

त्यस्तै जसपाबाट नेताहरू रामसहाय यादव र रकम चेम्जोङ, नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल रहेका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्द शर्मा कार्यदलका सदस्य रहेका छन् ।

सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो । प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।

नेताहरू सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने बताउँछन् । यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठे पनि सबै ठाउँमा यो ढाँचा काम नलाग्ने कांग्रेसका एक नेता बताउँछन् । अनौपचारिक छलफलका क्रममा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने भएका छन् ।

प्रकाशित : श्रावण २०, २०७९ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?