कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं क्षेत्र नम्बर-६ बाट शिशिर खनालले उम्मेदवारी दिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — टिच फर नेपालका सहसंस्थापक शिशिर खनाल आगामी प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उठ्ने भएका छन् । खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर-६ बाट शिशिर खनालले उम्मेदवारी दिने 

सन् २०१९ मा उनले युवा सीईओको अवार्डसमेत पाएका थिए । केही समय उनी तुलसीपुर उपमहानगरपालिकाको शैक्षिक सल्लाहकारका रूपमा समेत काम गरेका थिए । अहिले उनी डेलिभरी र लजिस्टिक सेवा उपलब्ध गराउँदै आएको पिक एन्ड ड्रप्सका सञ्चालकसमेत हुन् ।

टिच फर नेपालले नेपालका ग्रामीण भेगमा रहेका सरकारी विद्यालयका करिब ५० हजार विद्यार्थीलाई पढाएको छ । टिच फर नेपालमार्फत विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवाहरूलाई ग्रामीण भेगमा रहेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि फेलोसिप दिँदै आएको छ । जसमा छनोट भएका युवाहरूले २ वर्ष पारिश्रमिकसहित सरकारी विद्यालयमा पढाउँछन् । सामान्य मोबाइल वा कम्प्युटरको प्रयोगबाट सिकाइ पद्धतिमा सुधार ल्याउन सम्भव छ भन्ने कुरा टिच फर नेपालको प्रयोगले देखाएको छ । सार्वजनिक दुर्गम विद्यालयहरूमा टिच फर नेपालका स्वयंसेवक फेलोहरूले यसको उपयोग गरिरहेछन्।

काठमाडौं-६ मा यसअघि २०७४ सालमा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका थिए । उनले एमाले-माओवादी गठबन्धनका झक्कुप्रसाद सुवेदीलाई हराएका थिए । प्रधानले १६ हजार ७ सय ८५ र सुवेदीले १५ हजार ४ सय ८५ मत पाएका थिए । २०७० पनि उक्त क्षेत्रबाट प्रधान विजयी भएका थिए ।

प्रकाशित : श्रावण २०, २०७९ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?