१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सरकारले कसैका पछाडि गुप्तचर खटाएको छैन : सञ्चारमन्त्री कार्की

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कसैको पछाडि गुप्तचर खटाउने र गोप्य रूपमा फोन ट्यापिङ गर्नेजस्ता काम नगरेको बताएका छन् । मन्त्री कार्कीले यस्तो विषयमा कसैले भ्रम नछर्न र त्यस्तो भ्रममा नपर्नसमेत आग्रह गरे ।

सरकारले कसैका पछाडि गुप्तचर खटाएको छैन : सञ्चारमन्त्री कार्की

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जासुसीका लागि सरकारले गुप्तचर खटाएको भन्ने अभिव्यक्तिको खण्डन गर्दै सञ्चारमन्त्री कार्कीले सरकारले कसैको पछाडि गुप्तचर परिचालन नगरेको स्पष्ट पारे ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले ओलीले भ्रम फैलाएको भन्दै त्यस्ता भ्रमको पछि नपर्न आग्रह गरे ।

‘केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु’, उनले भने, ‘यस्तो भ्रममा कोही पनि नपर्नु हुन अनुरोध गर्दछु ।’

मन्त्री कार्कीले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको समेत स्पष्ट गरे । एमाले अध्यक्ष ओलीले बिहीबार नागरिकको वैयक्तिक जीवनमा सरकारले हस्तक्षेप गरेको भन्दै प्रश्न उठाएका थिए ।

प्रकाशित : श्रावण २०, २०७९ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?