३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बिहारका जलसंसाधन मन्त्रीले भने : कोसीको पश्चिमी तटबन्धलाई मजबुत बनाउँछौँ

अवधेशकुमार झा

राजविराज — भारतको बिहार राज्यका जल संसाधनमन्त्री सञ्जयकुमार झाले कोसीको पश्चिमी तटबन्ध मजबुत बनाउने प्रतिबद्धता गरेका छन् । बिहीबार सुनसरीस्थित कोसीको तटबन्ध र संरचनाहरुको अवलोकनका लागि आएका मन्त्री झाले फर्किने क्रममा सप्तरीको हनुमाननगर हुँदै पश्चिमी तटबन्धको समेत अवलोकन गरेका थिए ।

बिहारका जलसंसाधन मन्त्रीले भने : कोसीको पश्चिमी तटबन्धलाई मजबुत बनाउँछौँ

मन्त्री झा हनुमानननगर पुग्दा हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्रकुमार माझीले स्वागत गर्दे कोसीको पश्चिमी तटबन्धका संरचना कमजोर हुँदा जोखिम बढेको जानकारी गराएका थिए ।

‘भारदहस्थित कंकालिनी मन्दिरको दक्षिणदेखि नेपाल भारत सिमानाका रम्पुरा मल्हनिया डलवासम्म पश्चिमी तटबन्ध कमजोर छ, यसको मर्मत र केही स्थानमा पुनर्निर्माण नै आवश्यक रहेको कुरा मैले मन्त्रीसमक्ष राखे,’ नगरप्रमुख माझीले भने,‘जवाफमा मन्त्री झाले बिहार सरकार कोसीको पश्चिमी तटबन्धसहितका संरचनाहरुको मजबुतीकरण गर्ने तर्फ सकारात्मक रहेको बताए ।’

मन्त्री झाले १५ अगस्तमा बिहारको राजधानी पटना आउनसमेत नगरप्रमुख माझीलाई भने । पटनामा आएर कोसीको संरचना र समस्याबारे कुरा गर्न १५ अगस्तमा आउन मन्त्रीले आग्रह गरेको नगरप्रमुख माझीले बताए ।

केसी ब्यारेजदेखि नेपाल भारत सिमानाका डलवासम्म कोसीको पश्चिमी तटबन्ध र अन्य संरचना कमजोर रहेका कारण बाढीको दबाब अत्यधिक हुँदै आएको छ ।

प्रकाशित : श्रावण २०, २०७९ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?