चीनको राष्ट्रिय एकतामा बाधा पुर्‍याउने गतिविधिप्रति हाम्रो विरोध रहन्छ : माओवादी केन्द्र

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रले अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले वक्तव्य जारी गर्दै नेपाल र नेकपा माओवादी केन्द्र 'एक चीन नीति' प्रति प्रस्ट भएको जनाएको हो । 

चीनको राष्ट्रिय एकतामा बाधा पुर्‍याउने गतिविधिप्रति हाम्रो विरोध रहन्छ : माओवादी केन्द्र

ताइवानमा भएका पछिल्ला घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै माओवादी केन्द्रले भनेको छ, ' हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रस्ट छ। चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।'

चीनले ताइवानलाई आफ्नै भूभागका रूपमा दाबी गर्दै आएको छ । राष्ट्रपति सी चिनफिङलगायतका चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताले ताइवानलाई एकीकरणमार्फत चीनमा गाभिने बताउँदै आएका छन् ।

अमेरिकी सभामुख आफ्नो एसिया भ्रमणका क्रममा शुक्रबार ताइवान पुगेकी थिइन् । सभामुख पेलोसीले भने ताइवानको यथास्थितिलाई परिवर्तन गर्न आफ्नो भ्रमण नभएको स्पष्टीकरण दिएकी थिइन् । तर उनले ताइवानलाई तहसनहस हुन नदिनेचाहिँ बताएकी थिइन् ।

प्रकाशित : श्रावण २०, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?