सत्ता गठबन्धन नै एमालेको विजयको आधार : नेम्वाङ

दुर्गालाल केसी

दाङ — नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्ता गठबन्धन नै एमालेको विजयको आधार भएको बताएका छन् । एमालेविरुद्ध गठबन्धन नगरी लड्न सकिँदैन भन्ने अवस्थामा पुग्नु नै एमालेको आधा विजय भएको उनले बताए ।

सत्ता गठबन्धन नै एमालेको विजयको आधार : नेम्वाङ

यो दूषित गठबन्धन भएको आरोप लगाउँदै उनले एमाले जनताको विश्वास गरी मैदानमा उत्रिएको बताए । अहिले देशभर निर्वाचनकेन्द्रित अभियान चलाएको उनले बताए ।

प्रेस चौतारी दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले एमालेले आवश्यक परे गठबन्धन गर्नसक्ने तर दूषित गठबन्धन नगर्ने बताए । अहिले विचार र सिद्धान्त नमिल्ने दलहरूबीच सत्ताका लागि मात्रै गठबन्धन भएकाले यो दूषित भएको उनको भनाइ थियो । सरकारले गरेका गलत कामहरूको फैसला निर्वाचनबाट जनताले गर्ने उनले बताए ।

प्रकाशित : श्रावण २१, २०७९ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?