देशभर आइसीयुमा ४६ र भेन्टिलेटरमा २ जना उपचाररत, २४ घण्टामा थपिए ६६० नयाँ संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभर आइसीयुमा ४६ र भेन्टिलेटरमा २ जना उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण बढिरहे पनि अस्पताल भर्ना गराउनेको संख्यामा भने उल्लेख्य वृद्धि भएको देखिँदैन । धेरै संक्रमण देखिएको काठमाडौँ उपत्यकामा शनिबार जेनेरल बेडमा २१, एचडियुमा ४८, आइसीयुमा ३४ र १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

देशभर आइसीयुमा ४६ र भेन्टिलेटरमा २ जना उपचाररत, २४ घण्टामा थपिए ६६० नयाँ संक्रमित 

२४ घण्टामा ४ हजार ६८२ पीसीआर तथा एन्टिजेन परीक्षणमा ६६० जना संक्रमित पुष्टि भएका छन् । डिस्चार्ज हुनेको संख्या ४४४ रहेको छ भने १ जनाको मृत्यु भएको छ । साथै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ रहेको छ ।

५०० भन्दा बढी संक्रमित रहेका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने २०० भन्दा माथि संक्रमित रहेका जिल्ला कास्कीमात्र रहेको छ । साथै शून्य संक्रमित भएको जिल्ल मनाङ, कालिकोट र हुम्ला रहेको छ ।

काठमाडौँ उपत्यकामा ३ हजार ७८, भक्तपुरमा ८७ र ललितपुरमा ७४७ जना गरी ३ हजार ९१२ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : श्रावण २१, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?