कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाभियोगलाई गम्भीर रुपमा लिइएन : सांसद लामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका सांसद छक्कबहादुर लामाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगलाई दलहरूले गम्भीर रुपमा नलिएको बताएका छन् ।

महाभियोगलाई गम्भीर रुपमा लिइएन : सांसद लामा

महाभियोग दर्ता गरेको तीन महिनासम्म पनि छलफल नगरिएकोमा उनको गुनासो थियो । साथै यसमा कमजोरीहरू रहेको औंल्याएका थिए ।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाभियोगमाथि छलफल गर्दै सांसद लामाले यस्तो बताएका हुन् । यस क्रममा सांसद लामाले सत्ता पक्ष र प्रतिपक्षी दुवैका लागि कुमै मुद्दामा एउटै तथ्य हुनुपर्ने बताएका थिए ।

तर दलहरूले सत्ता र प्रतिपक्षमा रहँदा फरक तथ्य प्रस्तुत गर्ने गरेको उनको भनाइ थियो । यदि तथ्यमा मेल नगराउँदा बिचौलियाहरू जन्मिने भन्दै साझा विषयमा मिल्नुपर्ने उनले संकेत गरेका थिए । यस्तै सुशासनका लागि नै प्रधानन्यायाधीशमाथि महाभियोग ल्याइएको उनको भनाइ थियो ।

प्रकाशित : श्रावण २२, २०७९ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?